Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गगन थापालाई सांसद झाको प्रश्न - अमेरिकी सेनालाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू झुण्डिने ?

काठमाडौं । नेकपा एमालेकी सांसद रेखा कुमारी झाले कांग्रेस महामन्त्री गगनकुमार थापालाई प्रश्न गरेकी छन्।

अहिले अमेरिकी सेनाको आवतजावत बाक्लिएको र १० बुँदे मस्यौदा पठाएर अमेरिकी सेनालाई नेपालमा राख्ने अत्यन्तै दबाब आएको भन्दै एमाले सांसद झाले गगनलाई केन्द्रीत गरेर प्रश्न गरेकी हुन्।

‘१० बुँदे सहमतिमा नेपालमा सेना राख्ने र नेपाली सेनाजस्तै अधिकार दिनुपर्छ भनिएको छ। यसअघि नेपालमा अमेरिकी सेना आउँदैन भनेर कुरा उठेको थियो,’ उनले भनिन् ।

उलने भपिन् ‘यदि अमेरिकी सेना आयो भने चारपाटे मुढाउने, थानकोट कटाउने, टुँडिखेलमा झुण्डिनेसमेत एक जना सत्ता पक्ष माननीयज्यूले गर्नुभएको थियो। अब अमेरिकी सेनालाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू झुण्डिने मेरो प्रश्न छ।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077