काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल र अमेरिकाबीच स्टेट पार्टनरशिप प्रोग्राममा (एसपीपी) बारे सत्यतथ्यको श्वेतपत्र आउनुपर्ने बताएका छन् । उनले बिहीबार राति सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै यस्तो बताएका हुन् ।
भट्टराईले एसपीपी बारे अमेरिकी दूतावास, नेपाली सेना, प्रमुख नेपाली दल, नेताका भनाइ, पत्रले राज्य र नेतृत्वको स्तर उदाङ्गो पारेको बताए । उनले सबै प्रमुख दल र नेता अछुतो नरहेकोले कसैले कसैलाई गाली गर्न नहुने बताए ।
उनले लेखेका छन्,'एसपीपीवारे अमेरिकी दूतावास,नेपाली सेना, प्रमुख नेपाली दलरनेताका भनाइरपत्रले हाम्रो राज्य र नेतृत्वको स्तर उदाङ्गो पार्दै छ। सबै प्रमुख दल र नेता अछुतो देखिन्न १ पानीमाथि ओभानो बन्ने कोसिस कसैले नगरोस् ! गालिबको भनाइ सम्झियोस्-‘धूल चेहरे पर थी, आयनमा साफ करता रहा’! सत्य तथ्यको श्वेतपत्र आओस् !'