Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माधव नेपाल भन्छन् - एसपीपीमा कुन सरकारको पालामा पत्राचार भएको हो, छानबिन गर्नुपर्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौता कुन प्रधानमन्त्री र रक्षामन्त्रीको पालामा पत्राचार भएको भन्नेबारे स्पष्ट पार्न माग गरेका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय समितिको छलफलका क्रममा नेता नेपालले एसपीपी विवादमा आएको भन्दै छानबिन गरि यथार्थ सार्वजनिक गर्न माग गरेका हुन् । उनले नेपाल आफ्नो असंलग्न परराष्ट्र नीतिमा अगाडि बढ्न तयार हो कि होइन भन्ने स्पष्ट हुन जरुरी रहेको बताए ।

'एसपीपीबारे छलफल गर्नुपर्छ । २०७२ कार्तिक १० गते भएको रहेछ । कुन प्रधानमन्त्री र रक्षामन्त्रीको पालामा भएको भन्ने स्पष्ट हुनुपर्छ । को जोडिने को नजोडिने यथार्थ हुनुपर्छ,'उनले भने,'अर्को कुरा नेपाल आफ्नो असंलग्न परराष्ट्र नीतिमा अगाडि बढ्न तयार हो कि होइन भन्ने स्पष्ट हुन जरुरी छ । हामीले खुट्टा कमाउने होइन । नेपालको संवेदनशीलता अनुसार नचल्नेलाई नेपालमा रोक लगाउनुपर्छ ।'

एसपीपीसँगको संलग्नता के हो भन्नेमा सरकार स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077