Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे गृह र कानुनमन्त्री

काठमाडौं । बालकोट पुगेर गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द बन्दीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट दुई जना मन्त्री ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन् ।

संसदमा विचाराधीन विधेयकहरूको सन्दर्भमा छलफल गर्न मन्त्रीद्वय बालकोट पुगेको बताइएको छ ।

नागरिकता र सक्रमणकालीन न्याय लगायतका विधेयक, संसदको चालु अधिवेशन लगायतका विषयमा छलफल गर्न दुई मन्त्री बालकोट पुगेको हुन् ।

गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटकपटक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्।

यसअघि उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि नागरिकता विधेयकबारे छलफल गरेका थिए।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077