Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ड्राइभिङ लाइसेन्सका लागि अर्काको नाममा परीक्षा दिने युवक पक्राउ

काठमाडौं । काठमाडौंको चावहिलबाट सवारी चालक अनुमतिपत्रका लागि अर्काको नाममा प्रयोगात्मक परीक्षा दिँदै गरेका एकजना पक्राउ परेका छन् ।

ड्राइभिङ लाइसेन्सका लागि अर्काको नाममा ट्रायल दिँदै गरेको अवस्थामा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका १० का २५ वर्षीय सुजित खड्का पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार डोलकुमार थापाको नामबाट परीक्षा दिँदै गर्दा उनलाई पक्राउ गरिएको हो । उनले थापाको नागरिकतामा आफ्नो फोटो टाँसेर परीक्षा दिएको पाइएको छ ।

उनीमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-२५ को लिखत सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन ४ को म्याद थप गरिएको छ । खड्कामाथि प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077