Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बेलायती प्रधानमन्त्री जोनसन अचानक युक्रेन पुगे, युक्रेनी सेनालाई तालिम दिने घोषणा

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसन अचानक युक्रेन पुगेका छन् । फेब्रुअरीमा रुसले युक्रेनमा गरेको आक्रमणपछि जोन्सनको यो दोस्रो युक्रेन भ्रमण हो । उनी शुक्रबार युक्रेन पुगेका हुन् ।

किभमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भेटवार्तामा जोनसनले युक्रेनी सेनाका लागि प्रशिक्षण कार्यक्रमको घोषणा गरेका छन्।

बेलायतका रक्षामन्त्री बेन वालेसले प्रधानमन्त्री जोनसनको भ्रमण ‘अत्यन्तै महत्त्वपूर्ण’ भएको बताएका छन्।

किभको भ्रमण गर्नुअघि प्रधानमन्त्री जोनसनले उत्तरी इंग्ल्याण्डमा आफ्ना केही सांसदहरूलाई सम्बोधन गर्ने कार्यक्रम थियो। तर अन्तिम समयमा त्यो कार्यक्रम रद्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077