Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मलामी बोकेको गाडी दुर्घटना : २६ जना घाइते, ५ को अवस्था गम्भीर

    मलामी बोकेको गाडी दुर्घटना : २६ जना घाइते, ५ को अवस्था गम्भीर

    अनलाइन नेपाल
  • शनिबार, ४ असार २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । धादिङमा मलामी सवार गाडी दुर्घटना हुँदा २६ जना घाइते भएको छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

    सदरमुकाम धादिङबेसीबाट मलामी लिएर धादिङकै मैदी जाँदै गरेको बा ४ ख १२२९ नम्बरको स्वराज गाडी गएराति सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।



    राति ११ बजे धादिङको नीलकण्ठ नगरपालिका ८ मैदी भज्याङमा सडकमै गाडी पल्टिएर दुर्घटना भएको हो ।



    दुर्घटनामा गम्भीर घाइते भएका ५ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारको लागि राति नै ट्रमा सेन्टर, काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    बाँकी घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार