Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

    ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २८ कार्तिक २०८०
  • 909
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ललितपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

    गोदावरी नगरपालिका १०, तखेल चोकमा मंगलबार साँझ ६ बजेर ४० मिनेट जाँदा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।



    सडक छेउमा रहेको रूखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा करिब २४ वर्षीय राम माझी र २५ वर्षीय विजय माझी छन्।



    प्रहरीका अनुसार दुवै सिन्धुलीको मरिन गाउँपालिकाका हुन्। उनीहरूलाई उपचार निम्ति पाटन अस्पताल लगिएकोमा त्यहीँ निधन भएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार