Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • धादिङमा तीनवटा गाडी एकापसमा ठोक्किए, १२ जना घाइते

    धादिङमा तीनवटा गाडी एकापसमा ठोक्किए, १२ जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, ८ कार्तिक २०८०
  • 678
    SHARES

    फाइल तस्विर

    धादिङ । धादिङमा तीन वटा गाडी एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको गल्छी गाउँपालिका वडा ४ चिरौदीमा बुधवार तीन वटा गाडी एकापसमा ठोक्किएका हुन् ।

    धादिङबेसीबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ३ ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाकल उछिट्टिएर त्यही दिशातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१ – ०२८ च ९३३६ नम्बरको कारमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।



    घाइतेमध्ये बा ६० प ४८६९ नम्बरको मोटरसाइकल चालक गल्छी गाउँपालिका वडा नम्बर ६ का २६ वर्षीय जितेन्द्र पाठक र उहाँको श्रीमती २४ वर्षीया ज्योती पाठक गम्भीर घाइते भएकोले उपचारका लागि काठमाडौं पठाइएको छ ।



    अन्य घाइते १० जनालाई भने स्थानीय बैरेनी अस्पतालमा उपचारपछि काठमाडौंको ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार