Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी दुर्घटना

    कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी दुर्घटना

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 750
    SHARES

    फाइल तस्विर

    बागलुङ । कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटनामा परेको छ । उक्त गाडीमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । सभामुख सवार गाडीमा क्षति पुगेको छ ।

    बागलुङको ढोरपाटन नगरपालिका–२, मल्कटिबाङस्थित मध्यपहाडी लोकमार्गमा बागलुङबाट रुकुमतर्फ जाँदै गरेको सभामुख र उपसभामुख सवार गाडीमा बुर्तिवाङबाट बागलुङतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।



    रुकुम पूर्व हुँदै कर्णालीतर्फ जाँदै गरेको सभामुख नन्दा गुरुङ र उपसभामुख यशोदा न्यौपाने सवार कर्णाली प्रदेश २–००–१ झ ००९३ नम्बरको स्कर्पियो विपरीत दिशाबाट आउँदै गरेको ग११प ८१५७ नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको हो ।



    मोटरसाइकलमा तीनजना सवार थिए । मोटरसाइकल अनियन्त्रित भएर गाडीमा ठोक्किएको थियो । मोटरसाइकल चालक बागलुङको निसीखोला गाउँपालिका–२, तल्लो ब्यांग्रीका १८ वर्षीय विमल खत्रीलाई थप उपचारका निम्ति पोखरा पठाइएको सूचना अधिकारी केसीको भनाइ छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार