Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि हुन थाल्यो तस्करी, सुनका गहनासहित एक पक्राउ

बुटवल । सञ्चालनको एक महिना पनि वित्न नपाउँदै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि तस्करी हुन थालेको पाइएको छ ।

विमानस्थलबाट प्रहरीले सुनका गहनासहित एक यात्रुलाई नियन्त्रणमा लिएपछि तस्करी हुन थालेको खुलेको हो।

जजिराको जहाजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आएका पाल्पा रिब्दिकोटका राजेन्द्र कुँवर सुनका गरगहनासहित पक्राउ परेका हुन्।

कुँवरलाई मोजामा लुकाएर ल्याएको अवस्थामा १ सय २२ ग्राम सुनका गहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जजिरा एयरलाइन्सको विमानबाट कतारबाट कुवेत हुँदै भैरहवा आएका कुँवरले अराइभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा ३ वटा सिक्री र १ वटा ब्रासलेट गहना बरामद भएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त भन्सार अधिकृत तीर्थराज पासवानका अनुसार उक्त गहनाको अन्दाजी मूल्य ९ लाख ९० हजार हुन आउँछ ।

बिहान करिब ६ बजे आएको विमानमा सवार यात्रुको भन्सार चेकजाँचको क्रममा वाकथ्रुबाट लुकाई छिपाई ल्याएको अवस्था देखिएको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक महिना पनि भएको छै न । विमानस्थल बैशाख ८ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077