Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बङ्गलादेशमा बाढीमा परी २५ जनाको मृत्यु, ४० लाखभन्दा बढी अलपत्र

एजेन्सी । बंगलादेशमा देशमा विनाशकारी बाढीका कारण २५ जनाको मृत्यु भएको छ । देशका विभिन्न सहरहरूमा ४० लाखभन्दा बढी मानिस अलपत्र परेका छन् । भारी वर्षाका कारण बुधबार (जुन १५) त्यस क्षेत्रमा बाढी आएको हो।

बुधबार (जुन १५) उत्तर–पूर्वी क्षेत्रहरूमा भारी वर्षा र अपस्ट्रीम भारतको मेघालयमा रेकर्ड–ब्रेक हने गरी वर्षात् भएको छ।

सिलहट र सुनमगञ्ज जिल्लामा बाढीको अवस्था बिग्रँदै गएको छ भने अन्य जिल्लामा पनि बाढीको जोखिम रहेको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्।

डेली स्टारका अनुसार सिल्हेटका गोवाइनघाट, कम्पानिगञ्ज, कानाईघाट, जैंतियापुर, सिल्हेत सदर, जाकीगञ्ज, विश्वनाथ, गुलाबगञ्ज र बेनीबजार सबैभन्दा बढी प्रभावित क्षेत्र हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077