Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसविरुद्धको आर्थिक प्रतिबन्धको पुटिनले गरे चर्को आलोचना

एजेन्सी । युक्रेनमाथि आक्रमण सुरु गरेपछि पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विवेकहीन’ कदमको संज्ञा दिएका छन् ।

सेन्ट पिटर्सबर्गमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले अमेरिका तथा उसका सहयोगी युरोपेली मुलुकको चर्को आलोचना गरे ।

‘सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनमिक फोरम’लाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति पुटिनले रुसमाथिको प्रतिबन्धका कारण (युरोपेली संघ) ईयूले ४०० अर्ब डलरभन्दा बढी घाटा बेहोर्न सक्ने दाबी गरेका हुन् ।

'रुसविरुद्धको आर्थिक अभियान सुरुदेखि नै सफल हुने कुनै सम्भावना थिएन,' उनले भने । प्रतिबन्ध पत्युत्पादक भएको उनले दाबी गरे ।

पश्चिमी राष्ट्रहरूले रुसलाई दण्ड दिने र आफ्नो अर्थतन्त्र सुरक्षित राख्ने प्रयासबीच सन्तुलन कायम गर्न खोजिरहेको समयमा पुटिनको उक्त भनाइ आएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077