Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित, खेद प्रस्ताव पारित गर्न रावलको माग

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा नगएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले विरोध गरेका छन् ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका एमाले सांसद भीम रावलका अनुसार प्रधानमन्त्री समिति बैठकमा अनुपस्थित हुनु भनेको संसदीय गरिमाको अवमूल्यन हो ।

‘बिरामी, विदेश भ्रमण वा अन्य जरूरी कुरा नभई प्रधानमन्त्री समिति बैठकमा अनुपस्थित हुनु संसदीय गरिमाको अवमूल्यन हो,’ उनले भने, ‘संविधान र संसद्को रक्षा गर्न भन्दै प्रधानमन्त्री बनेपछि संसदप्रति उत्तरदायी हुनु पहिलो कर्तव्य हो। यसमा खेद प्रस्ताव पारित गर्नुपर्छ।’

रावलले खेद प्रस्ताव पारित गर्ने भनेपछि नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले प्रतिवाद गरेकी थिइन् । उनले देउवाको अनुपस्थितिलाई संसदीय समितिको अपमान भन्न नमिल्ने बताइन् । भुसालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाउँदा अनुपस्थित भएको विषयलाई समितिकै अपमानका रुपमा नलिन आग्रह गरिन् ।

अमेरिकी कार्यक्रम स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का बारेमा जानकारी लिन समितिले प्रधानमन्त्री देउवालाई आज बोलाएको थियो । यसअघि सोबारेमा परराष्ट्र मन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएलगत्तै समितिले आज प्रधानमन्त्रीलाई बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077