Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पर्यटनमन्त्री आलेविरुद्ध संसद सचिवालयमा उजुरी दर्ता

    पर्यटनमन्त्री आलेविरुद्ध संसद सचिवालयमा उजुरी दर्ता

    अनलाइन नेपाल
  • आइतबार, ५ असार २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसद सचिवालयमा उजुरी परेको छ ।

    मन्त्री आलले विभिन्न व्यक्तिहरुसँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटका बिषयमा समेत अश्लिल शब्द प्रयोग गरेको अडियो सहितको समाचारहरु बाहिरिएपछि सचिवालयमा उजुरी परेको हो ।



    अधिवक्ताहरू किशोर पौडेल र अनुपम भट्टराईसहित तीनजनाले आलेविरुद्ध आइतवार संसद सचिवालय सिंहदरबारमा उजुरी दिएका हुन् ।



    पौडेल, भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले संसद सचिवालयस्थित आचरण अनुगमन समितिको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

    ‘आलेज्यूले २०७८ फागुन ३ गते सार्वजनिक भएको पहिलो टेलिफोन अडियोमा मुम्बईमा बस्ने एक नेपालीलाई अश्लिल शब्द मात्रै प्रयोग गर्नुभएन ठेगान लगाउने सम्मको धम्की दिनुभयो,’उजुरी पत्रमा भनिएको छ,’त्यसपछि पनि उहाँले विभिन्न सार्वजनिक स्थानमा राजनीतक दलका नेता तथा निजामति कर्मचारीहरुलाई अश्लिल तथा अपशब्द प्रयोग गर्ने गरेको पाईएको छ ।’

    ‘यसैबीच मिति २०७९ साल असार ३ गते शुक्रबारका दिन नेपालका विभिन्न पत्रपत्रिका तथा अनलाईन मिडियाहरुमा सार्वजनिक भएको सुन्नै नसक्ने अडियो र सञ्चार माध्यमहरुमा आए अनुसार नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई हातपात गरेको समेत जानकारीमा आएको छ,’ उजुरी पत्रमा उल्लेख छ ।

    त्यस्तै प्राधिकरणकै अध्यक्षलाई टेलिफोनमा कुनै ठाउमा कर्मचारी भर्ना नगरिदिएको रिसमा अत्यन्तै खदजनक अश्लिल शब्द प्रयोग गरिएको भेटिएको पाइएको छ ।

    सांसदको आचारसंहिताको बिषयमा प्रतिनिधीसभा नियमावली, २०७५ को नियम २१६ को उपनियम (ख) अनुसार प्रतिनिधीसभा सदस्यहरुले समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचारण अनुकुलको व्यवहार गर्ने उल्लेख छ ।

    यस्तै सोही नियमको उपनियम (२) मा आचारसंहिता प्रतिनिधीसभाका पदाधिकारी र सदस्यको सार्वजनिक जीवनको सबै पक्षमा लागू हुने विषय समेत उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार