Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

केही दिनभित्रै मन्त्रीमण्डल फेरबदल हुन्छ : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही दिनभित्रै मन्त्रीमण्डल फेरबदल हुने बताएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपालबिच भएको छलफलमा पार्टीमा पहिले भएको सहमति बमोजिम नै मन्त्रीहरू फेरबदल गर्ने निर्णय भएको बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नै मन्त्रीहरू छिट्टै फेरबदल गर्ने बताएको जानकारी दिए ।

उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले केही दिन समय मागेपछि मन्त्रिमण्डल हेरफेर गर्न ढिलाइ भएको बताए ।

‘कांग्रेस र माओवादी केन्द्रले केही दिन पर्खिन माग गरेकाले केही दिन पर्खिएका हौँ । आज पनि त्यसबारे छलफल भयो । प्रधानमन्त्रीले छिट्टै मन्त्रीहरू परिवर्तन गर्छु भन्नुभएको छ,’ उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077