Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तीन दिनदेखि बेपत्ता बैतडीकी एक युवती त्रिनगर सीमानाकाबाट उद्धार

बैतडी । तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको छ। सिगास गाउँपालिका– ८ का रमेश बोहराकी १८ वर्षीया श्रीमती सरस्वती बोहराको त्रिनगरबाट उद्धार गरिएको हो।

घरपरिवारले दिएको निवेदनको आधारमा खोजतलास गर्दै जाँदा भारत जाँदै गरेको अवस्थामा सीमानाका त्रिनगरबाट उद्धार गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

उद्धार गरिएकी युवतीको घरपरिवारलाई खबर भइसकेको प्रहरीले जनाएको छ।

भारतमा कोही आफन्त नरहेको र सरस्वती किन भारत जाँदै थिइन् भन्ने खुल्न नसकेको प्रहरीले जनाएकाे छ। यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। शनिबार बिहान रोपाइँ गर्न भनी घरबाट हिँडेकी सरस्वती एक्कासी बेपत्ता भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077