Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बागमती झलमल्ल होस्, फोहोर फाल्नेलाई समात्न सिसिटिभी जडान गर्नुपर्छ : मेयर बालेन

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बागमतीसहित नदी करिडोरमा वत्ती जडान गरिने बताएका छन्।

महानगरपालिका पूर्वाधार समन्वय बैठकमा बोल्दै मेयर शाहले बागमती झलमल्ल बनाउने र बागमतीलगायत उपत्यकाका नदीमा फोहोर फाल्नेलाई समात्न सिसिटिभी क्यामेरा जडान गरिने पनि बताएका हुन् ।

‘बागमती झलमल्ल होस्। बेलुका फोहोर फाल्नेलाई समात्न ट्राफिकसँग समन्वय गरेर सिसिटिभी जडान गर्नुपर्छ। यसमा सरोकारवाला निकायको सुझाव र सहयोग चाहिन्छ,’ उनले भने।

‘बागमती एक हप्ता सफा गर्‍यो, फेरि जस्ताको तस्तै हुन्छ। सफाइ अभियानलाई नियमित गर्नुपर्छ। मेयर लगायत सरोकारवाला सबैको सहयोग चाहिन्छ। फोहोर फाल्नेलाई तत्काल कारवाही गर्नुपर्छ,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077