Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रिय सभागृहमा राजनीतिक अभियानको औपचारिक घोषणा गर्दै रवि

काठमाडौं । रवि लामिछानेले आज आफ्नो राजनीतिक अभियानको औपचारिक घोषणा गर्दै छन् ।

सञ्चारकर्म त्यागेर राजनीतिमा होमिएका उनले पार्टीकै घोषणा गरेर अघि बढ्ने या कसरी भन्नेबारे आज नै घोषणा गर्न लागेका हुन् ।

त्यसका लागि दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम राखिएको छ । यसैबीच राजधानीको बसुन्धारामा रविले सम्पर्क कार्यालय खोलेका छन् ।

रविले संघीय निर्वाचन लड्ने निश्चित रहेपनि कुन क्षेत्रबाट लड्ने भन्ने खुलाएका छैनन् ।

यसैबीच रवि लामिछानेका दाइ हरिशरणले पनि प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । हरिशरणले काठमाडौं–३ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077