Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवाद्धारा नेपाली सेना मुख्यालय भद्रकालीमा योग दिवसको उद्घाटन

काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपाली सेनाको मुख्यालय भद्रकालीमा विषेश कार्यक्रम गरीएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, पर्यटनमन्त्री प्रेम आले लगायत सहभागी उक्त कार्यक्रमको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका छन् ।

संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो ।

अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए ।

प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि समर्थन गरेका थिए । नेपालमा २०३६ माघ १ देखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077