Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • गुडिरहेको बसमा एसिड पोखिदा ५ जना घाइते

    गुडिरहेको बसमा एसिड पोखिदा ५ जना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 585
    SHARES

    विराटनगर । विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको बसभित्र एसिड पोखिँदा ५ जना घाइते भएका छन् ।

    मंगलबार दिउँसो मोरङको कटहरी क्षेत्रमा गुडिरहेका को १ ख ३९८१ नम्बरको बसमा एसिड पोखिँदा बसका ४ यात्रु र सहचालक गरी पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएपसी दीपक श्रेष्ठले बताए ।



    बसभित्र एसिड पोखिँदा मोरङको सुनवर्षी नगरपालिका–४ कि २२ वर्षीया निता राजवंशी, सुनवर्षी–९ कि २२ वर्षीया सविहा खानम, धनपालथान गाउँपालिका–५ का ४२ वर्षीय ओमनारायण राजवंशी, सुनसरी बराहक्षेत्र नगरपालिका–८ कि ४० वर्षीया सुमित्रा उराउ र भोजपुरको अरुण गाउँपालिका–१ याङपाङका २० वर्षीय विनोद परियार घाइते भएका हुन् ।



    एसिडका कारण शरीरका विभिन्न भागमा चोट लागेका घाइतेको विराटनगरको कोसी अस्पतालमा उपचार भएको डीएसपी श्रेष्ठले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार