Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • एसिड नियमनसम्बन्धी विधेयक पारित

    एसिड नियमनसम्बन्धी विधेयक पारित

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 795
    SHARES

    काठमाडौं ।राष्ट्रियसभाको मंगलबारको बैठकले सर्वसम्मतिमा ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ पारित गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियो्स् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

    प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नका जवाफ दिँदै उनले तेजाब तथा घातक रासायनिक पदार्थ औद्योगिक तथा स्वास्थ्य क्षेत्रमा अत्यावश्यक रहे पनि यसको दुरुपयोगले समस्या बल्झाएकाले तेजाब तथा घातक रासायनिक पदार्थ नियमन गर्न कानुन ल्याइएको बताए ।



    यस्तै सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदका दुबै सदनबाट विभिन्न मितिमा पारित भएका ५ विधेयक प्रमाणित गरेका छन् ।



    मंगलबार सभामुख सापकोटाले लोक सेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणित गरेका हुन् ।

    यस्तै ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणित गरेका हुन् ।

    सभामुखले प्रमाणित गरेका यी विधेयकहरु राष्ट्रपति बिद्या भण्डारीले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार