Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लागुऔषध सम्बन्धी समाचार लेख्ने पत्रकारलाई पुरस्कारका लागि आवेदन दिन गृहको आग्रह

काठमाडौं । गृह मन्त्रालयले लागुऔषध सम्बन्धी समाचार लेख्ने पत्रकारहरूलाई पुरस्कार दिने भएको छ । जसका लागि मन्त्रालयले आवेदन दिन पत्रकारहरूलाई आग्रह गरेको हो ।

लागुऔषध सम्बन्धी समाचार लेख्ने पत्रकारहरूलाई पुरस्कार दिने भन्दै इच्छुक व्यक्तिलाई समाचारसहित आवेदन पेस गर्न गृह मन्त्रालयले सूचना जारी गरेको हो।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा लागुऔषधको क्षेत्रमा उत्कृष्ट समाचार लेखन तथा रिपोर्टिङ्ग गर्ने तीनजना पत्रकारलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यसका लागि इच्छुक पत्रकारलाई असार १० गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन गृह मन्त्रालयले सूचना सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077