Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मिनी ट्रकबाट सप्तरीमा १७५ किलो गाँजा बरामद

सप्तरी । सप्तरीबाट सशस्त्र प्रहरीको टोलीले लागूऔषध गाँजा बरामद गरेको छ ।

कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी ब्यारेजबाट मिनी ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा बरामद भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९२५ नम्बरको ट्रकलाई कोशी ब्यारेज चेक प्वाइन्टमा चेकजाँच गर्न खोजेपछि चालक र सहचालक फरार भएका थिए । त्यस क्रममा ट्रकभित्र हेर्दा गाँजा देखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

ट्रकमा ७ वटा बोरामा बाँधिएको अवस्थामा गाँजा भेटिएको र बरामद भएको ट्रकसहितको गाँजालाई थप अनुसन्धानको लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077