Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा अवैध सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कायर्यालय कञ्चनपुर मातहत इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले सामान बरामद गरिएको छ।

भिमदत्त नगरपालिका १० पशुपति टोलमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएकोे छ।

४२ हजार ३८२ मूल्य बराबरका किराना तथा फेन्सीका सामान बरामद गरिएको प्रहरीले बताएको छ। सामान बरामद गरि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077