Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अवकाशप्राप्त नायव सुब्बा झाविरुद्ध दुई करोड ४४ लाख भ्रष्टाचारको आरोप, अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । अवकाशप्राप्त नायव सुब्बा गणपति झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको वैधानिक आम्दानी र खर्च तथा लगानीका बारेमा छानबिनपछि दुई करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ ५१ पैसाको स्रोत नखुलेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

उनी २०३९ मंसिर ९ गते गाविस सचिवका रुपमा सार्वजनिक सेवामा प्रवेश गरी त्यस यता विभिन्न पद तथा कार्यलयमा रही २०७८ साउन महिनाबाट अवकाश प्राप्त गरेको आयोगले जनाएको छ । आयोगका अनुसार आर्थिक वर्ष २०३९÷४० देखि २०७७र७८ सम्मको उनको समग्र आय÷व्यय तथा खर्च एवं लगानीलाई आधार बनाएर छानबिन गरिएको हो ।

समीक्षा अवधिमा उनले दुई करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ ५६ पैसा आयआर्जन गरेको र ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ ७ पैसा खर्च एवं लगानी गरेको देखिएको आयोगको भनाइ छ ।

उनको दुई करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ ५१ पैसा बराबरको खर्च तथा लगानीको वैधानिक स्रोत खुल्न नसकेको भन्दै आयोगले उनीविरुद्ध आरोपपत्र दायर गरेको हो । वैधानिक स्रोत खुल्न नसकेको रकमलाई बिगो मानेर आयोगले उक्त रकम बराबरको सम्पत्ति तथा नगद जफत गर्न पनि मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077