Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दाङमा जनप्रतिनिधिद्धारा ७५ बर्षीया बृद्धामाथि कुटपिट

दाङ । दाङको घोराहीमा एक बृद्धामाथि हातपातसहित कुटपिट भएको छ ।

उपमहानगरपालिका १८ कि वडा सदस्य दीपा नेपालीले ७५ बर्षीया बृद्धा रुकुमादेबी नेपालीमाथि हातपात र कुटपिट गरेकी हुन् ।

आफूमाथि वडा सदस्य नेपालीले हातपात गरेको भन्दै रुकुमादेबीले जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएकी छन् ।
वडा सदस्यको कुटाईबाट बायाँ हात नचल्ने अवस्थामा रहेको र लगाएको कपडा पनि च्यातिएको उनको आरोप छ ।

निर्वाचनमा आफूलाई मत नदिएको भन्दै उनले कुटपिट गरेको बृद्धा नेपालीले बताइन् । उनी एमालेबाट निर्वाचित महिला सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077