Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पेश गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ ।

बुधबार बसेको नगरसभाको ११ औं अधिवेशनले नीति तथा कार्यक्रम संशोधनसहित पारित गरेको हो । सभामा मेयर शाहले नीति तथा बालेनले नीति तथा कार्यक्रममा उठेका गुनासाहरूको जवाफ दिएपछि पारितका लागि पेस गरेका थिए ।

उनले सदस्यहरूले दिएका सुझावहरूलाई ऐन, नियम र कानुनअनुसार समावेश गरी संशोधन गरिने बताएका थिए । नगर सभा सदस्यहरूले विभिन्न सुझाव राखेका थिए ।

आज पारित नीति तथा कार्यक्रमका आधारमा आगामी असार १० गते उपमेयर सुनिता डंगोलले बजेट ल्याउने छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077