Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

    काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पेश गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ ।

    बुधबार बसेको नगरसभाको ११ औं अधिवेशनले नीति तथा कार्यक्रम संशोधनसहित पारित गरेको हो । सभामा मेयर शाहले नीति तथा बालेनले नीति तथा कार्यक्रममा उठेका गुनासाहरूको जवाफ दिएपछि पारितका लागि पेस गरेका थिए ।



    उनले सदस्यहरूले दिएका सुझावहरूलाई ऐन, नियम र कानुनअनुसार समावेश गरी संशोधन गरिने बताएका थिए । नगर सभा सदस्यहरूले विभिन्न सुझाव राखेका थिए ।



    आज पारित नीति तथा कार्यक्रमका आधारमा आगामी असार १० गते उपमेयर सुनिता डंगोलले बजेट ल्याउने छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार