Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

देउवालाई मन्त्री फेर्न नेपाली कांग्रेसभित्रैबाट दबाब, नेकपा एसको निर्णय अलपत्र

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा रहेका मन्त्री फेर्न उनकै दल नेपाली कांग्रेसभित्रैबाट दबाब बढ्न थालेको छ ।

सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कार्यसम्पादन कमजोर भएको भन्दै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवामाथि मन्त्री फेरबदल गर्न पार्टीभित्रबाटै दबाब बढ्दै गएको हो ।

देउवा निकट एक कांग्रेस नेताले भने, ‘समकक्षी साथी मन्त्री हुनुहुन्छ, खुलेरै मन्त्री फेरौं भन्न पनि सकिएको छैन, उहाँहरूको काम पनि चित्त बुझेको छैन, अहिले प्रधानमन्त्रीलाई हामी नजिकका भनिएका नेताले मन्त्री फेर्न सुझाइरहेका छौं ।’

कांग्रेस स्रोतका अनुसार सरकारमा रहेका केही मन्त्रीको कार्यसम्पादनसँग उपसभापति पूर्णबहादुर खड्का पनि असन्तुष्ट रहँदै आइरहेका छन् । यसैगरी देउवासँग निकट रहेका नेता मीन विश्वकर्मा, डिला संग्रौलालगायतका नेता पनि सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कामसँग सन्तुष्ट छैनन् ।

यसैगरी कांग्रेस महामन्त्री गगन थापाले समेत पार्टीभित्र मन्त्री फेरबदल गर्ने विषयमा अनौपचारिक रूपमा आवाज उठेको बताउँदै आएका छन् । उनले प्रतिनिधिसभामा पहिलोपटक सांसद भएकाले मन्त्री फेरबदल गरेर आफूहरूलाई अवसर दिन भन्दै अनौपचारिक रूपमा गुनासो आइरहेको बताउँदै आएका हुन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077