Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसईईको उत्तरपुस्तिका जाँच्ने काम सकियो

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार मसान्तमा प्रकाशन गर्ने तयारी गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डकाअनुसार परीक्षाको उत्तरपुस्तिका जाँच्ने काम सकिएको छ । असार मसान्तसम्म नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

कार्यालयले असार २० सम्ममा प्राप्तांक इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ ।

यसअघि चार महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यस वर्ष करिब दुई महिनामै सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077