Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रलोभन देखाएर भारततर्फ बेच्न लैजान खोजेको आरोपमा प्रेमी-प्रेमिका पक्राउ

विराटनगर । १३ वर्षीय बालिकालाई प्रलोभन देखाएर भारत लैजाने क्रममा प्रहरी र साना हात नामक संस्थाले नेपाल– भारत सीमावर्ती क्षेत्र विराटनगरबाट एजना बालिका उद्धार गरिएको छ ।

नयाँ लुकाइ किनिदिने र भारतमा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाइ बालिकालाई बेच्ने तयारी भइरहेको सूचनाको आधारमा ती बालिकालाई उद्धार गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई झुक्याइ बेचबिखन गर्ने उद्देश्यले लैजाने दुई जना व्यक्तिलाई समेत पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेको मध्ये एक जना भारतीय नागरिक रहेका छन् ।

भारतको मुझपपुर घर भइ झापाको बिर्तामोडमा डेरामा बस्दै आएका २२ वर्षीय हिरा सहनी र १८ वर्षीय एक युवालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सहनी र बारा जिल्ला घर भएकी युवती प्रेमी प्रेमिका हुन् ।

उनीहरूको सामाजिक सञ्जालमार्फत दुई वर्ष अगाडिदेखि चिनजान भएपछि नजिकिएका थिए । उनीहरू विरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077