Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चालू आर्थिक वर्षको ११ महिनामा भित्रियो ३८ अर्बको स्मार्टफोन

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा ३८ अर्ब ८८ करोड रुपैयाँको स्मार्टफोन नेपाल भित्रिएको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार ११ महिनामा उक्त मूल्य बराबरको मोबाइल फोन भित्रिएको हो ।

साउनदेखि जेठसम्मको अवधिमा विदेशबाट ५६ लाख ४६ हजार सेट मोबाइल फोन भित्रिएको भन्सार तथ्याङ्कले देखाएको छ ।

यसैगरी, यस अवधिमा भित्रिएको उक्त परिणामको मोबाइल फोनबाट राज्यले ६ अर्ब १६ करोड रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ । यस अवधिमा नेपाल भित्रिएका उक्त मूल्य बराबरको स्मार्टफोनमध्ये चीनबाट सबैभन्दा धेरै भित्रिएका छन् ।

चीनबाट ११ महिनाको अवधिमा २२ अर्ब ७७ करोड रुपैयाँ बराबरको ४४ लाख १३ हजार सेट फोन भित्रिएका छन् । यसपछि, भारतबाट १२ अर्ब ७८ करोड रुपैयाँ बराबरको ९ लाख सेट फोन नेपाल भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077