Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

द्वन्द्वग्रस्त युक्रेनबाट ११ महिनामा २० अर्बको वस्तु आयात

काठमाडौं– चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न वस्तुको आयात गर्दा मुलुकबाट १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबरको मुद्रा बाहिरिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको ११ महिनाको ब्यापार स्थितिअनुसार डेढ सयभन्दा बढी देशहरुबाट नेपालमा विभिन्न थरीका वस्तु आयात भएको छ ।

११ महिनाको अवधिमा स्वदेशी वस्तु निर्यात गरेर मुलुकले १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ बराबरको मुद्रा आर्जन गरेको छ । समग्रमा आयात ठूलो भएकाले मुलुकको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको छ ।

हाल रसियाले आक्रामण गरिरहेको मुलुक युक्रेनसँग पनि नेपालको ब्यापार ठूलो छ । नेपालसँग व्यापारका आधारमा युक्रेन आठौं ठूलो मुलुक हो ।

युक्रेनबाट नेपालमा ११ महिनामा २० अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । खासगरी तेलहनको कच्चा पदार्थ युक्रेनबाट बढी मात्रामा आयात हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077