Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा दिपुराज ज्वारचन नियुक्त

काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकमा अस्थायी नियुक्ति दिएको छ ।

बिहीबारको मन्त्रिपरिषद्‌ बैठकले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेपछि रिक्त रहेको निगमको नेतृत्व सम्हाल्न निगमकै न्यारोबडी विमानका प्रशिक्षक पाइलटसमेत रहेका ३५ वर्षीय ज्वारचनलाई अर्को व्यवस्था नभएसम्मका लागि अस्थायी नियुक्ति दिइएको हो ।

‘मन्त्रिपरिषद्‍को निर्णयअनुसार नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा १ बमोजिम निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्ति गरिएको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी पत्रमा भनिएको छ ।

१५ वर्षअघि निगमको टुइनअटर विमानका लागि कोपाइलटका रुपमा प्रवेश गरेका ज्वारचन ०७६ असारदेखि ०७८ फागुनसम्म निगमको पाइलट तथा क्याबिन क्रू विभागका निर्देशक थिए ।

७ हजार घण्टा जहाज उडाएको अनुभव भएका उनी समाजशास्त्रका स्नातकोत्तर हुन् । कोभिड माहामारी सुरु भएपछि चीनको बुहानलगायत खाडी मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने कार्यको नेतृत्व यिनैले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077