Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले राष्ट्रियसभा सदस्यहरु ओली निवासमा

काठमाडौं । नेकपा एमालेका तर्फबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

राष्ट्रियसभामा एमालेको भूमिका, राष्ट्रिय राजनीति, संसदीय समितिका सभापति चयन लगायतबारे छलफल गर्न सांसदहरु बालकोट पुगेका हुन् ।

‘हाम्रो आफ्नो कुरा अध्यक्षसँग राख्न र उहाँको निर्देशन सुन्न छलफलमा बस्न लागेका हौं’, एमाले राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले भने ।

राष्ट्रियसभाका उपाध्यक्ष र तीन विषयगत समितिको सभापति रिक्त रहेकाले त्यसमा एमालेको भूमिकाबारे पनि यो छलफल गरिने भट्टराईले बताए ।

प्रतिनिधिसभामा पठाइएको विधेयकहरु फिर्ता नभएकाले त्यसबारे पनि छलफल हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077