Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विरगञ्ज पुग्यो साल्ट ट्रेडिङको २५ सय मेट्रिकटन युरिया मल

विरगञ्ज । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट ल्याउदै गरेको कुल २४ हजार ५०० मेट्रिक टन मध्ये २ हजार ५०० मेट्रिक टन मल विरगञ्ज आइपुगेको छ ।

२५ सय मेट्रिक टन युरिया मल विरगञ्ज भन्सार कार्यालय आइपुगेको हो। बिहीबार मात्र विरगञ्ज आइपुगेको उक्त मल आजै जाँच पास भएर विभिन्न क्षेत्रीय तथा प्रादेशिक डिपोहरूमा वितरण भइसकेको साल्ट ट्रेडिङले जनाएको छ ।

बाँकी २२ हजार मेट्रिक टन मल पनि कल्कत्ता आइपुगिसकेको र अबको साता दिनमा सो मल समेत नेपाल भित्रिसक्ने साल्ट ट्रेडिङ कर्पोरेसन जनाएको छ ।

कुल आयातको ३० प्रतिशत मलको जिम्मा साल्ट ट्रेडिङले पाएको हो । बाँकी ७० प्रतिशत मल आयात भने यता कृषि सामाग्री कम्पनी लिमिटेडले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077