Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफूखुसी बिदा बसेका प्रहरीलाई ७ दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

काठमाडौं । आफूखुसी गैर हाजिर, खोजतलास फेला नपरेको र हाजिर सुचना जारी गर्दा पनि सम्पर्कमा नआएकाले ७ दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लामा दरबन्दी रहेका २४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको हो ।

प्रहरी प्रधान कार्यालयले जारी सूचनामा लेखिएको छ, ' सन्तोषजनक जवाफको स्पष्टीकरणसहित यस कार्यालय वा सूचना जारी गरेको कार्यालयमा हाजिर हुन आउनु होला ।'

प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम १ को खण्ड (च ) को कसुरमा (ऐ ) नियमावलीको १०९ को देहाय ख ( १ )बमोजिम सेवाबाट हटाइने कारबाही हुनेछ ।

प्रहरी नियमावली २०७१ को अनुसूची १४ को भाग ४ प्रयोजनार्थ यसै सामूहिक सूचनामार्फत सफाइको अवसर दिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077