Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एक अर्ब ८२ करोड रुपैयाँको बजेट ल्याउँदै धनगढी उपमहानगरपालिका

धनगढी । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि एक अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।

आज आठौँ नगर सभामा पेश हुने धनगढी उपमहानगरपालिकाको बजेटको आकार आगामी आर्थिक वर्ष २०७९÷७० मा एक अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा प्रस्तुत हुने जनाइएको छ ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा एक अर्व ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो । आज उपप्रमुख कन्दकला रानाले सभामा पेश गर्ने बजेट आकार एक अर्व ८२ करोडको हाराहारीमा ल्याउन लागेको जनाइएको छ ।

यसअघि धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सार्वजनिक जग्गा, खोलानाला, नदी अतिक्रमणलाई नियन्त्रण गर्दै अतिक्रमण व्यवस्थापन तथा व्यवस्थित वस्ती विकासलाई प्राथमिकता राखि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077