Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सबै पदमा उम्मेदवारी दिँदा आधा महिला उम्मेदवार समावेश गर्नुपर्ने व्यवस्था अनिवार्य गरौं : निलकण्ठ उप्रेती

काठमाडौं । निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले दलहरुले सबै पदमा उम्मेदवारी दिँदा आधा महिला उम्मेदवार समावेश गर्नुपर्ने व्यवस्था लागू गर्नुपर्ने बताएका छन् ।

महिला तथा सामाजिक समितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले संविधानको धारा ३८ अनुसार समानुपातिक समावेशी अनुसार कानुन नबनाएकोमा पनि प्रश्न उठाए ।

समावेशी कानुन नबनेकोले नै ०७० . ०७४ को चुनावमा महिला उम्मेदवारको संख्यामा खासै फरक नपरेको उनको भनाइ थियो ।

बैठकमा स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारीको अवस्था, संविधान एवं कानूनको मर्म र अबको बाटोका विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077