Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

यातायात व्यवस्था विभागमा सवारी लाइसेन्सका लागि २ लाख आवेदन नक्कली

काठमाडौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन २ लाख जनाले नक्कली आइडी बनाएर फारम भरेको जनाएको छ। एकै जना व्यक्तिले फरक फरक नम्बर प्रयोग गरि आवेदन दिने गरेको विभागले जनाएको छ।

विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले ती व्यक्तिहरूलाई पटक पटक सम्पर्क गर्दा पनि ट्रायल दिन नआएको जानकारी दिए।

उनले भने, ‘ट्रायल दिनलाई पटक पटक फोन सम्पर्क गर्‍यौँ, तर आएनन्। उनीहरूले फरक फरक नम्बरमा फेक आइडी बनाएर आवश्यकताबिना फारम भरेका रहेछन्, त्यस्तो गर्नेको संख्या करिब २ लाख थियो।’

उनका अनुसार आवेदन प्रणालीमा एउटै आवेदनकर्ताले फरक–फरक मोबाइल नम्बर प्रयोग गरी एकभन्दा बढी प्रोफाइल बनाइ आवेदन दिएको पाइएको हो। ती व्यक्तिहरूका कारण सवारी ट्रायलमा समेत समस्या भएको उनको भनाइ छ। ‘अब त सबै ती आवेदन रद्द गरिसकेका छौँ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077