Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धनगढी उपमहानगरले ल्यायो १ अर्ब ८३ करोड ८९ लाख बजेट

कैलाली । कैलालीस्थित धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० लागि १ अर्ब ८३ करोड बराबर रुपैयाँको बजेट ल्याएको छ ।

शुक्रबार नगर सभाको आठौं अधिवेशनमा उपप्रमुख कन्दकला रानाले १ अर्ब ८३ करोड ८९ लाख २४ हजारको बजेट सार्वजनिक गरेकी हुन् ।

१ अर्ब ३ करोड १९ लाख चालुतर्फ र ८० करोड ६९ लाख ५४ हजार पुँजीगततर्फ विनियोजन गरिएको उपप्रमुख रानाले जानकारी दिइन् । चालु वर्षको भन्दा एक करोड ६ लाख ३१ हजार बढाएर बजेट ल्याइएको हो ।

उपमहानगरपालिकाले आन्तरिकतर्फ २६ करोड ७९ लाख २४ हजार, राजश्व बाँडफाँडतर्फ ४७ करोड २९ लाख ३३ हजार, संघिय सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ९६ करोड ४८ लाख, प्रदेश सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ३५ करोड ३४ लाख पाँच हजार र सरी आएको १० करोड रकमलाई आयतर्फ विनियोजन गरेको छ ।

प्रस्तुत बजेटसँगै आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक २०७९ छलफलका लागि टेवुल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077