Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विदुर नगरपालिकाको नगरसभा स्थगित, जनप्रतिनिधिले च्याते माइन्युट

नुवाकोट । नेकपा एमालेका जनप्रतिनिधिले माइन्युट च्यातेपछि विदुर नगरपालिकाको नगरसभा स्थगित भएको छ ।

नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गर्नका लागि शुक्रबार बोलाइएको नगरसभा सुरु हुनअगाडि नै वडा नं ४ का वडाध्यक्ष निलमबाबु ढुंगेलले निर्णय पुस्तिका च्यातिदिएपछि नगरसभा बस्न नसकेको हो ।

विदुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष निलमबाबु ढुङ्गेलले माइन्युट च्यातेको भन्दै मेयर राजन श्रेष्ठले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा उजुरी दिएका छन् ।

शुक्रबार बिहान साढे ९ बजेतिर नगरपालिकाको कार्यालय प्रवेश गरी शाखा अधिकृत रामहरि खनालको हातबाट निर्णय पुस्तिका नियन्त्रणमा लिई च्यात्ने कार्य ढुंगेलले गरेको उजुरीमा उल्लेख छ ।

बजेट हेर्न नदिएको भन्दै एमाले जनप्रतिनिधि उपस्थित नभएको र माइनुट च्यातिएपछि नगर प्रमुख राजन श्रेष्ठले नगरसभा असार १४ गतेसम्मका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077