Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली । कैलालीमा अवैध लागुऔषध (खैरो हेरोइन) र नाइट्राभेटसहित एकजना पक्राउ परेका छन् ।

जिल्लाको टिकापुर नगरपालिका–९ खक्रौलाबाट ६६० मिलिग्राम खैरो हेरोइन र पाँच थान नाइट्राभेटसहित सोही नगरपालिका–३ कटानपुर बस्ने २९ वर्षीय सागर कुमार बिक पक्राउ परेका हुन् ।

से ३ प ३१२१ नम्बरको मोटरसाइकलमा सवार सागरलाई खक्रौलास्थित चेकपोस्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

उनले आफ्नो संवेदनशील अंगमा लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077