Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा बोर्डिङ सञ्चालक पक्राउ

कास्की । कास्कीमा आफ्नै विद्यार्थीमाथि बाल यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विद्यालय सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको माछापुच्छ्र्रे गाउँपालिका ४ स्थित ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कूलका संचालक ४८ वर्षीय रामचन्द्र शाही रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोही स्कूलमा अध्ययनरत विद्यार्थीहरूलाई बाल यौन दुर्व्यवहार गरेको जाहेरीको आधारमा शुक्रबार उनलाई पक्राउ गरिएको हो ।

बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन तथा बालबालिका सम्बन्धी कसुरको अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ । उनीमाथि थप अनुसन्धान कार्य भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077