Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नाइट क्लबमा चल्यो गोली : २ जनाको मृत्यु, तीन गम्भीर

एजेन्सी । नर्वेको राजधानी ओस्लोको एक नाइट क्लबमा गोली चलेको छ ।

गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको नर्वे प्रहरीले जनाएको छ ।

सार्वजनिक प्रसारक एनआरके र अन्य स्थानीय सञ्चार माध्यमले गोलाबारी एउटा लोकप्रिय समलैंगिक बार लन्डन पबमा भएको जनाएका छन् ।

प्रहरीले संदिग्धलाई पक्राउ गरेको छ । आक्रमणको उद्देश्य के थियो भन्ने तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ । गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077