Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिँचाइ गर्ने क्रममा करेन्ट लागेर परदेशीको मृत्यु

कैलाली । कैलालीमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको भजनी नगरपालिका(६ का अन्दाजी ३२ वर्षीय परदेशी डगौराको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार साँझ आफ्नै खेतमा रोपाईँका लागि सिँचाइ गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका डगौरालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077