Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । देशका विभिन्न भू–भागमा आज बिहानबाट वर्षा भइरहेको छ । लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिजोबाट मनसुनी वायुको प्रभाव सुरु भएको छ ।

आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१ को एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्नेछ । दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077