Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

सप्तकोसीमा डुंगा दुर्घटना : एक बेपत्ता, तीन जनाको सकुशल उद्धार

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–२ स्थित सप्तकोसी नदीमा शनिबार चार जना युवा सवार डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको छ । बाढी आएका बेलामा कोसी नदीमा दाउरा निकाल्ने क्रममा डुंगा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

डुंगामा सवार रहेका दुर्गा काफ्ले, टीकाराम बस्नेत र नितेश बस्नेतलाई सकुसल उद्धार गरिएको छ भने विष्ट बेपत्ता भएको प्रहरीले जनाएको छ।

उनको गोताखोर टोली, प्रहरी र स्थानीयवासीले खोजी कार्य जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077