Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • फोहोरको वर्गीकरण नगरे पाँच सय जरिवाना !

    फोहोरको वर्गीकरण नगरे पाँच सय जरिवाना !

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंबासीले आगामी साउन १ गते देखि फोहोर वर्गीकरण नगरी फोहोर विसर्जन गरे ५ सय रुपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ।

    काठमाडौं महानगरपालिकाले घरमा उत्पादन भएको फोहोर भान्साबाटै छुट्याउन महानगरबासीलाई आग्रह गर्दै त्यसो नगरे कडाइका साथ कारबाही गर्ने चेतावनी दिएको छ।



    कामनपाले साउनदेखि नियमित अनुगमन गर्ने जानकारी दिँदै कामनपा वातावरण विभाग प्रमुख सरिता राईले भनिन् ,’हामीले घरबाट निस्कने फोहोर सवारी साधनमा लोड गर्दादेखि नै अनुगमन गर्नेछौं। अटेर गरे ठाउँको ठाउमा कारबाही गर्नेछौं।’



    सरकारले जारी गरेको फोहोर मैला व्यवस्थापन ऐन २०६८ र २०७७ सालमा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनको व्यवस्था साउन १ गतेबाट कार्यान्वयन गराउन सबैलाई आग्रह गरेको विभागले जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार